दफा १५
समितिको लेखा र लेखापरीक्षण
१५.१ समितिको लेखा नेपाल सरकारको प्रचलित ढाँचा र तरीका बमोजिम राखिनेछ ।
१५.२ समितिको लेखापरीक्षण महालेखा परीक्षकको विभागबाट हुनेछ ।
१५.३ नेपाल सरकारले चाहेमा समितिको हिसाब किताबसम्बन्धी कागजात र अरु नगदी जिन्सी समेत जुनसुकै बखत जाँच्न वा जाँच्न लगाउन सक्नेछ ।